ओलीको गृहनगर आएर शेखर कोइराला भन्छन — कांग्रेसले एमालेसगैं एकै ठाउंमै उभिनुको विकल्प छैन

0
SHARES
37
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अस्थिर राजनीतिको कारण विद्यमान निर्वाचन प्रणाली भएको बताउनु भएको छ । उहाँले आफू अभ्यासमा रहेको निर्वाचन प्रणाली परिवर्तन गर्ने पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट समेत पार्नुभयो ।

‘राजनैतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नैपर्छ ‘ नेपाली कांग्रेस गौरादह नगर कार्य समितिको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व हुँदैन, त्यसका लागि आवश्यक कानुन परिवर्तन गर्ने अभियान नै जरुरी छ ।’

नेता कोइरालाले राजनैतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकठाउँमा उभिनुको विकल्प नरहेको समेत बताउनु भयो । नेता कोइराला विगतदेखि नै कांग्रेस – एमाले सहकार्यको पक्षमा उभिँदै आउनु भएको छ ।

उहाँले सरकार चलाउने भन्दा पनि देशको संकट समाधान पहिलो प्राथमिकता भएको औँल्याउनु भयो। कुनै पनि देशमा लगानी गर्नुपूर्व दातृराष्ट्रले उक्त देशको ऐन, कानुन के कस्तो छ ? सुशासनको अवस्था कस्तो छ, राजनैतिक स्थायित्व छ कि छैन ? भन्ने कुरा प्राथमिकतामा राख्ने बताउनु भयो ।

नेता कोइरालाले राजनैतिक स्थायित्व बिना मुलुकको आर्थिक विकास असम्भव हुने दाबी गर्नुभयो ।

उहाँले देशको राजनैतिक अस्थिरताका कारण कुनै पनि देश नेपालमा लगानी गर्न खास इच्छुक नरहेको ठोकुवा गर्नुभयो । लगानी सम्मेलनबाट अपेक्षित परिणाम नआएको उहाँको टिप्पणी छ ।

उक्त बिपी स्मृति भवन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, झापा सभापति देउमान थेवे, कोशी प्रदेश सदस्य हुकुमसिंह राई, पूर्वसांसद महेन्द्राकुमारी लिम्बू , नगर सभापति गोपाल कोइला लगायतले आआफ्नो धारणा राख्नु भएको थियोे ।himalayatimesbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार