राजकुमार ओली इलाम

आफ्ना प्रिय पात्र स्वर्गिय सुवासका छोरालाइ बधाइ दिन एमाले अध्यक्ष केपी ओली इलाम आउनुभएको छ ।

अत्याधिक भारी मतका साथ इलामेली जनताको साथले विजय भएका सुहाङ नेम्वाङ अभिभावकत्व निर्वाह गर्न ओली इलाम पुग्नुभएको हो ।

आफ्नो वुवाको साथ गुमाएका सुहाङ नेम्वाङ ले वुवाको जस्तै साथ पाएको भन्दै आँखा चिम्म गरेर ओलीलाइ अँगालोमा हालेर भावुक भएका देखिएकाछन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नुभएको थियो

इलाम(२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुग्नुभएको हो । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिनुभएको छ ।

ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिनुभएको हो । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्नुहुनेछ । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *