नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ को उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको बताउनुभएको छ।

मंगलबार इलाम-२ को उपनिर्वाचन जीतेपछि नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेकपा एमालेको पक्षमा नेपाली जना उभिएका बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो।’

नेपालमा बस्नेको सबैभन्दा पहिलो पहिचान नेपाली भएको उहाँले बताउनुभयो। समृद्ध नेपाल, सुखी नेपाली नै नेपालीको पहिचान बन्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो। व्यक्तिगत होइन सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उहाँले जोड दिनुभयो। नेपालको पहिचान बहुजाति र बहुभाषा भएको उहाँले स्पष्ट पार्नुभयो । ‘व्यक्तिगत पहिचानले कोही सफल हुन सक्दैन’, अध्यक्ष ओलीले भन्नुभयो।

नेपाल र नेपालीका साझा गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली बन्नु पर्नेमा ओलीले जोड दिनुभयो । यसले मात्र पूर्वदेखि पश्चिमसम्मलाई जोड्ने ओलीले बताउनुभयो ।

उहाँले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने ओलीले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा कुनै पनि नेपाली गरिब नहुने उहाँले दाबी गर्नुभयो ।

ओलीले इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने बताउनुभयो । सुहाङको जिम्मा नेकपा एमाले र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

केही मान्छेहरूले सुहाङलाई राजाको छोरा राजा भनेर कुप्रचार गरेका भन्दै ओलीले सुवास नेम्बाङ श्रमजीवीका नेता भएकोले श्रमजीवी नेताको छोरा सुहाङ श्रमजीवीकै नेता भएको स्पष्ट पार्नुभयो ।

एमालेले चुनावी कार्यक्रममा बोलेको कुरा संकलनको लागि मात्र बोलेको कुरा नभई आफूले बोलेका कुरा पुरा गरेर छाड्ने बताउनुभयो । विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा एमालेसँग मात्र भएको उहाँले दाबी गर्नुभयो ।

अहिले देशमा बलियो निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यति बेला देश भक्त शक्तिको एकता आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । yobelabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *