खेलकुद विकास बोर्ड कोसीको सदस्य सचिवमा पर्सुराम बस्नेतलाई पुनर्बहाली गर्न आदेश—हंसराज वाग्ले पदमुक्त

0
SHARES
12
VIEWS

सुनसरी – उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोसीको सदस्य सचिवमा पर्सुराम बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको छ।

उच्च अदालत विराटनगरका न्यायधिश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंसराज वाग्ले पदमुक्त भएका छन् ।

तत्कालीन प्रदेश नंं. १ सरकारको २०७८ चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्ती गरेका थिए ।

उक्त निर्णय विरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको माग सहित मुद्दा दायर गरेका थिए ।

त्यो बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अहिले आएर पुर्नवहाली गर्ने आदेश दिएको हो ।

बस्नेतलाई २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार