महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा निशुल्क परिक्षण गरिएको छ। कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनि फुजिमा आयल कम्पनीको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम अन्तर्गत सचेतना र स्तन क्यान्सर परिक्षण गरिएको हो ।
फुजिमा आयल कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सुबोध कोईरालाको अध्यक्षता तथा वीएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका संस्थापक दुर्गा प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा फुजिमा आयल कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सुबोध कोईरालाले कन्ट्रोल लुब्रिकेन्ट्सले महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दै आउने क्रममा बिर्तामोडमा कार्यक्रम गरिएको बताए । उनले फुजिमा आयल कम्पनीले विगत लामो समयदेखि विराटनगरमा कन्ट्रोल लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको बताउँदै कन्ट्रोल लुब्रिकेन्ट्सले हरेक १ लिटर लुब्रिकेन्टको बिक्रीबाट प्राप्त हुने रकमबाट महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रममा १ रुपैयाँ सहयोग गर्ने अभियान सञ्चालन गरेको जनाए । महिलाहरुको मेडिकल चेकजाँचमा पहुँच बढाएर विभिन्न रोग सम्बन्धी सचेतना फैलाउन सहयोग पुग्ने उद्धेश्यले उक्त अभियान सञ्चालन गरिएको बताए ।
स्वदेशमै उत्पादन हुने लुब्रिकेन्ट कन्ट्रोलले अटोमोटिभमा प्रायः सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने र इन्डस्ट्रियलमा समेत प्रायः सम्पूर्ण रेन्जका लुब्रिकेन्ट उत्पादन गरी बिक्री–वितरण गर्दै आइरहेको बताउँदै उनले कन्ट्रोल लुब्रिकेन्ट्सले गाडीलाई स्वस्थ्य राख्न मद्यत पुर्याए जस्तै महिलालाई स्तन क्यान्सरबाट बचाउन आफूहरुले सचेतना कार्यक्रम सञ्चालन गरेको जनाए । फुजिमा आयल कम्पनीद्वारा उत्पादित नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक विक्रि हुने ब्राण्ड कन्ट्रोल लुब्रिकेन्ट्सको बजार वार्षिक ३ हजार किलोलिटर अर्थात ३० लाख लिटर हाराहारीमा रहेको र जसबाट यो अभियानमा बार्षिक ३० लाख हाराहारी रकम संकलन हुने बताउँदै उनले आफूहरुले नेपालका दुरदराजका महिलालाई पनि स्तन क्यान्सरबाट बचाउन आफूहरुले सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाए । आफ्नो कर्मचारीको श्रीमती स्तन क्यान्सरबाट निधन भएपछि त्यो पीडा सहन नसकी लाखौं महिलालाई स्तन क्यान्सरबाट बचाउन आफूहरु लागीपरेको बताउँदै उनले यो अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि वीएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका संस्थापक दुर्गा प्रसाईंले स्तन क्यान्सरका बारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको बताउँदै सचेतना अभियानलाई व्यापकरूपमा फैलाउने हो भने महिलामा हुने स्तन क्यान्सर रोगको भयावह स्थितिलाई कम गर्न सकिने जनाए । जुनसुकै क्यान्सरको पनि सफल उपचार गर्न झापाको बिर्तामोडमा आफूले पूर्वाञ्चल क्यान्सर अस्पताल खोलेको बताउँदै उनले आफूलाई क्यान्सर लागेको शंका लागेमा समयमै आएर क्यान्सरको परिक्षण गर्न महिलालाई आग्रह गरे ।
कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.विरेन्द्रकुमार यादवले सहजीकरण गर्दै स्तन क्यान्सर लाग्न नदिन अपनाउनु पर्ने उपाय, क्यान्सर लागिसकेपछि ध्यान दिनु पर्ने बिषयहरु, क्यान्सरका लक्षणहरु लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले स्तन क्यान्सरको समस्या ग्रामीण महिलामा भन्दा सहरिया महिलामा बढि देखिने गरेको बताउँदै नियमित रूपमा हप्तामा दुई घण्टा शारीरिक व्यायाम गरे स्तन क्यान्सरको उपचार सफल हुने र स्तन क्यान्सरको जोखिम कम हुने जनाए । कार्यक्रममा सहभागी महिलाहरुमा स्तन क्यान्सर भए नभएको परिक्षण समेत गरिएको थियो ।
कार्यक्रममा वीएण्डसी मेडिकल कलेजका मेडिकल डाइरेक्टर प्रोफेसर डां उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायत सहभागी थिए । कार्यक्रममा फुजिमा आयल कम्पनिका परिवार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्सका महिला आमा, दिदीवहिनीहरुसहित अन्य महिला गरी एक सय जनाको सहभागिता रहेको कन्ट्रोल लुब्रिकेन्ट्सका बिर्तामोड शाखा प्रमुख रोमनाथ पाठकले बताए । कार्यक्रममा सहभागी कन्ट्रोल लुब्रिकेन्ट्सका क्षेत्रिय बजार प्रतिनिधी विनोद पौडेल, मेची अञ्चल बजार प्रतिनिधी तुलसी खनाललगायतले कन्ट्रोल लुब्रिकेन्ट्स गुणस्तरका हिसावले अन्तर्राष्ट्रियस्तरको रहेको र भारत र बहुराष्ट्रिय कम्पनीवाट उत्पादित ब्राण्डहरुको प्रतिस्पर्धी ब्राण्ड कन्टोल लुब्रिकेन्ट्स भएकाले यो उपभोक्ताहरुको रोजाईमा परेको बताए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गरेका थिए ।khabarkhetibata