प्रदेश १ को सभामुख मा राप्रपाका अ्मर बिस्टको चर्चा

0
SHARES
16
VIEWS

प्रदेश १ मा सभामुख को बन्ने बिषय अहिले पेचिलो बनेको छ । सत्ता साझेदार दलहरुको भागबन्डा नमिलेका कारण यो अन्यौल अझ बढी रहेको हो ।
संसदको ठुलो दल एमाले र साझेदार पार्टी माओवादी केन्द्र बिचमा अझै सम्म सहमति हुन नसकेपछि सभामुखको भाग अर्को साझेदार पार्टी राप्रपाको पोल्टामा आउने संभावना बढ्न थालेको छ ।

सत्ता साझेदार दलमध्ये राप्रपाको भागमा प्रदेश १ को सभामुख परे समानुपातिक सांसद अम्बरबहादुर विष्ट हुने राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले बताउनु भयो ।

प्रदेश १ मा एमाले, माओवादी ,राप्रपा र जसपाको संयुक्त सरकार बन्ने छ । यसका लागि तयारी भइरहेको सिटौलाको भनाइ छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने भएपनि सत्तामा जाने दलहरूकाबीचमा बाँडफाँट नमिल्दा प्रक्रिया शुरु हुन नसकेको हो ।

संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ ।

प्रदे १ प्रदेश सभाको पहिलो बैठक गएको आइतबार नै बसेको थियो । पहिलो बैठक बसेको एक साता बित्न लाग्दा पनि सत्ता समीकरणमा गएका एमाले, माओवादी राप्रपा र जसपाकाबीचमा सभामुख कुन पार्टीको बन्ने भनेर टुंगो लाग्न सकेको छैन ।

प्रदेश १ को सभामुखमा एमाले र माओवादी दुवै दलले दाबी गर्दै आएका छन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई सभामुखका रूपमा अघि सार्ने देखिएको छ ।

सुरुमा एमालेबाट संविधानसभाका सदस्य तथा प्रदेश सभा सदस्य रेवती रमण भण्डारीलाई सभामुखको रूपमा अघि सारेको थियो ।

मेन्याङ्वोबाहेक इलामका राम रानाको समेत एमाले भित्र सभामुख बन्ने चर्चा रहेको छ ।

सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को (२) मा उल्लेख छ ।

नयाँ सत्ता गठबन्धनभित्रको दोस्रो दल माओवादी केन्द्रलाई उपसभामुख दिने गरी एमाले नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । तर, माओवादीले भने सभामुख पाउनु पर्ने भन्दै अडान राखेको छ ।

सभामुख दाबी गरेको माओवादीभित्रबाट संखुवासभा १ (१) बाट निर्वाचित राजेन्द्र कार्की र समानुपातिक प्रदेश सभा सदस्य गीता तिम्सिनामध्ये एकजना सभामुख हुने माओवादीका नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार