अनेकिसङ्घ महासङ्घको अध्यक्ष डाक्टर प्रेम दगांलको टिम सर्वसम्मत

0
SHARES
4
VIEWS


। अखिल नेपाल किसान महासंघको अध्यक्षमा पुन: डा. प्रेम दंगाल चयन भएका छन् ।

चैत ३० र वैशाख १ गते झापामा भएको महासंघको सातौं महासम्मेलनबाट दंगाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

महासम्मेलनले उपाध्यक्षमा खडकबहादुर खडका, रामशरण आलेमगर, सूर्यबहादुर शाही, बनुप्रसाद शिवाकोटी र राजकुमार उप्रेतीलाई चयन गरेको छ ।

यस्तै, महासचिवमा बाबुराम थापा, उपमहासचिवमा सरिता भुसाल र प्रेमनारायण अधिकारीलाई चयन गरेको छ । यसैगरी, सचिवमा कोशी प्रदेशबाट विश्वनाथ बराल, मधेश प्रदेशबाट उमेशप्रसाद गुप्ता, बागमती प्रदेशबाट कृष्ण अधिकारी, गण्डकी प्रदेशबाट बेगप्रसाद गर्बुजा, लुम्बिनी प्रदेशबाट आरती पौडेल, कर्णाली प्रदेशबाट टेकबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशबाट ताराकुमारी कार्की (खाती) चयन भएका छन् ।

महासम्मेलनबाट कोषध्यक्षमा सरस्वती बाटी चयन भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार