भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले मसिंर मा झापा लिग सन्चालन गर्ने

0
SHARES
5
VIEWS

भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

आज मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता यही मंसिर पहिलो साताबाट गर्न लागिएको हो ।

झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

लिग प्रतियोगिता–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नियमावली मस्यौदा तयार गर्न झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको संयोजकत्वमा समिति बनाएको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

समिति सदस्यहरुमा गोल्डकपका उपाध्यक्ष गौरव सुब्बा, सचिव टहलदास मैनाली, सदस्य गम्भीर राई र सदस्य पूर्णमाया सुब्बा रहेका छन् ।

गोल्डकपका अध्यक्ष ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो ।

लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए ।

यसैबीच, भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्न यही बैशाख १६ र २३ गते छनोट प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले महासचिव श्रेष्ठले तयार पारको मस्यौदा पारित गर्ने निर्णय गर्दै युवा फुटबल प्रशिक्षण परियोजना मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रशिक्षार्थी छनोटका लागि आले मामा संयोजक तथा गम्भीर राई, पूर्णमाया सुब्बा, भरतचन्द्र गुरुङ र टेकबहादुर गुरुङ सदस्य रहेको समिति बनाएको छ ।

त्यस्तै, प्रशिक्षार्थी समन्वय तथा प्रशिक्षण व्यवस्थापनका लागि उपाध्यक्ष सुब्बा संयोजक तथा सचिव मैनाली र सहसचिव योगेन्द्र पौडेल सदस्य रहेको समिति बनाएको छ ।

बैठकले युवा फुटबल प्रशिक्षणका लागि प्रशिक्षकहरु गम्भीर राई, मित्र बस्नेत र पूर्णमाया सुब्बालाई जिम्मा दिने निर्णय गरेको छ ।

१४ देखि १६ र १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।झापाटुडेले समाचार लेखेकोछ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार