एलायन्स टाउको बिनाको मान्छे जस्तो भयो …भवानी दंगाल

0
SHARES
111
VIEWS

एलायन्स टाउको बिनाको मान्छे जस्तो भयो भवानीप्रसाद दंगाल

प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले कोअपरेटिभ एलायन्स अफ झापालाई ऐन विपरित गठन भएकोले टाउको बिनाको मान्छे भन्दै मुर्कुटाको संज्ञा दिएका छन् ।
जिल्ला सहकारी संघ वैधानिक फोरम भएको र शुद्धिकरण थाल्ने भए संघ मार्फत थालिनुपर्नेमा उनले जोड दिए ।
कुनै संस्थामा समस्या भए संघ मार्फत समाधानमा लाग्नु पर्ने उनको भनाई छ । उनले वैधानिक संस्था हुँदा हुँदै विकल्प खोजिनु दुखद भएको बताए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले एलायन्स गठन गर्ने बिषय सहकारी ऐनमा उल्लेख नभएकाले एलायन्स लुज फोरमको रुपमा गठन गरिएको हुनसक्ने बताए ।
छलफल गर्न सल्लाह गर्न संगठन कै रुप दिन जरुरी नभएको भन्दै ढकालले संगठन बनाएर सदस्य विस्तार गर्दै कार्यक्रम गर्नेसम्मको कुरा हो भने त्यो गलत भएको बताए ।

सहकारीको राजनीतिमा कसरी स्पेस लिन सकिन्छ भन्ने अनुमान गर्न सकिने भन्दै ढकालले निर्वाचनको समयदेखि नै केहि साथीहरुसँग असन्तुष्टि भएको तर फेरी अर्को निर्वाचनपनि आउने भन्दै धैर्य गर्नुपर्ने बताए । जिल्ला सहकारी संघले काम गरेन भन्ने केहि साथीहरुको गुनासो सुनिएको तर यो सालमात्र संघको आफ्नै खर्चमा करिब १ हजार सहकारीकर्मीको सहभागितामा विज्ञ ल्याएर गोष्ठी सम्पन्न गरेको अध्यक्ष ढकालले जानकारी दिए । अभियान बलियो बनाएर जानुको साटो यसरी छुट्टाछुट्टै समूह बनाएर जाँदा अहिलेको समस्यामा केन्द्रित हुन नसकिने उनको भनाई छ ।paribesmidiyabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार