गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा निर्वाचनमा सुमन गैरेको उम्मेद्वारी

0
SHARES
32
VIEWS

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा२०२३ -२०२५ को कार्यकालका लागि हुन गइरहेको आसन्न निर्वाचनमा सुमन गैरे ले उम्मेद्वारी दिनुभएको छ।

बौद्धिक , मिलनसार र सहयोगी स्वभावका गैरे जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि निरन्तर संघर्ष गर्ने तथा सबै पक्षसङ्ग समन्वय गर्न सक्ने उहाँको विशेषता हो ।

गैर आवासीय नेपालीहरुको हक हित एवम आपसी सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भुमिका खेल्न सक्ने विश्वासका साथ उहाँ निर्वाचनमा होमिनु भएको छ।

भेटघाट कार्यक्रममा उत्साहजनक रुपमा उपस्थित हुनु भई कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनु हुन माल्टाभरीका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, एनआरएनए एनसीसि अभियन्ताज्यूहरु, सामाजिक अभियन्ताज्यूहरू, संचारकर्मीज्यूहरु तथा सम्पूर्ण आमा बुबा, दिदीबहिनी तथा दाजुभाईहरु प्रति उहाँले हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नुभएको छ।
साथै समर्थन र सहयोगको लागि माल्टा बासी सम्पूर्ण नेपालीजनमा हार्दिक अपिल पनि गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार