रिहा भएपछि डां सुनिल शर्माले भने -ओली रास्ट्रनायक हुन

0
SHARES
16
VIEWS

नेपाली कांग्रेसका सांसद सुनील शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक सेकेन्ड पनि पदमा बस्ने अधिकार नभएको भन्दै पुन: राजीनामा मागेका छन् ।

गृहमन्त्रीलाई नहटाए अहिलेको सरकार ढल्ने चेतावनी दिँदै उनले भने, ‘यस्तो आतङ्ककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ ।’

उनले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को भूमिकालाई लिएर पनि आलोचना गरेका छन् । ‘त्यति सारो बैगुनी पनि हुनुहुँदैन । नेपालको इतिहासमा सुनील शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ (प्रचण्ड) जंगलमा हुनुहुने थियो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुणको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो,’ सांसद शर्माले भने ।

उनले कांग्रेसले माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने धारणा राखेका छन् । आफूले अब त्यसका लागि पहल गर्ने सङ्केत पनि गरेका छन् । ‘यसरी नै गृहमन्त्रीले एक–एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

सांसद शर्माले आफूलाई रिहा गर्नका लागि एमालेले खेलेको भूमिकाको भने प्रशंसा गरेका छन् । उनले नेताहरु शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावादको नारासमेत लगाए ।

‘मेरो पिताजी सरह रोल निर्वाह गरिदिनुभएको, राष्ट्रनायकका रुपमा उहाँले आफूलाई उभ्याउनुभएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केही गुणहरू राम्रा छन् । उहाँ र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयको अन्त:स्करणबाट धन्यवाद भन्न चाहान्छु र उहाँलाई म भेट्छु पनि,’ उनले भने ‘उहाँले हामीजस्ता बबुराहरू जो फरक पार्टीमा रहेर डेमोक्रेसीका लागि लडिरहेका छौँ, यो देश बनाउने पक्षमा लडिरहेका छौँ । यसरी नै राष्ट्रनायकहरूले बचाउँदै जानुपर्छ हामीलाई । उहाँले प्रदान गर्नुभएको यो हौसला पार्लियामेन्टको भिडिओमा मैले देखेँ र त्यो देखेपछि मेरो मन रोयो ।’दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार