बस्नेत अर्जुनधारा स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट मुक्त

0
SHARES
48
VIEWS

अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ ।

बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न भएको भिडियो भाइरल भएको थियो ।

अस्पतालकी एक कर्मचारीसँग बसेको अवस्थामा उनकी श्रीमतीले लछारपछार पारेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि बसेको अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेको हो ।

बैठकले बस्नेतसँग स्पष्टीकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।

त्यस्तै, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको थियो ।

यता बस्नेतले भने सडकको किनारमा बसिरहेको समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार