जाजरकोट भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु …बारेकोटमा सम्पर्क विच्छेद…प्रजिअ सुरेश सुनार

0
SHARES
6
VIEWS

जाजरकोट भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकाेटले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।

भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्क विच्छेद भएको जाजरकाेटका प्रजिअ सुरेश सुनारले बताए । जाजरकाेटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन । भूकम्पबाट छिमेकी जिल्ला रुकुममा पनि क्षति पुगेको छ ।ratopatibata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार