वुद्धशान्ति र अर्जुनधारा भिडदै…भद्रपुरमा जारी झापा लिगको फाइनल खेल आज

0
SHARES
4
VIEWS

भद्रपुर,२४ मंशीर । झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्ला स्तरीय ओमसाइ पाथीभरा हस्पिटल फुटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।

शुक्रवार भएको सेमिफाइनलमा वुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकालाइ हराएर फाइनलमा यात्रा तय गरेको हो भने अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

झापाका पालिकाहरुको पहिलो लिग तथा नकआउट प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर झापा गोल्डकपको भद्रपुर ब्लेजर्स गरी १५ वटा टिमको सहभागिता रहेको थियो ।

विजेताले ३ लाख र उपविजेताले २ लाख सहित ट््रफि,मेडल र प्रमाणपत्र पाउने छन । साथै उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुनेछन । आज हुने फाइनल खेल अपरान्ह २ वजेवाट सुरु हुनेछ भने टिकट दर रु ५० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार