दमकको सेनाको ब्यारेक भूत बंगाला बन्दै-प्रहरी चौकी बनाउन स्थानीयको माग

0
SHARES
79
VIEWS

राजकुमार ओली। दमक झापा
नेपाली सेनाले बनाएको दमक चियाबगान स्थित ब्यारेक यतिखेर प्रयोगविहीन देखिएको छ।
माओवादी द्वन्दकालमा दमकको सुरक्षा र तत्कालीन राजा ज्ञानेन्द्र शाहहरूको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले दमकमा निर्माण गरेको ब्यारेक यतिखेर भूत बंगला बन्दै गएको स्थानीयवासीहरु बताउँछन्।
नेपाली सेना चाराली गण को माततमा रहेको टिमले दमकको चिया दोकान चोकबाट एक किलोमिटर नजिक सेनाको ब्यारेक बनाएको थियो। तत्कालीन समयमा राजपरिवारको र स्थानीयवासीको सुरक्षाको निम्ति नेपाली सेनाले यो स्थानमा ब्यारेक स्थापना गरेको थियो। यो ब्यारेकमा ११० जना भन्दा धेरै नेपाली सेनाहरू बस्दै आएका थिए। माओवादी द्वन्द बढेसँगै राजपरिवारको सुरक्षा साथै पश्चिम झापा र पूर्व मोरङको सुरक्षा गर्ने लक्ष्यका साथ यो ब्यारेक स्थापना गरिएको थियो। बृहत शान्ति सम्झौता भएपछि नेपाली सेनाको टुकडी यो ब्यारेकबाट फर्किएको थियो। सेना फर्किए पछाडि यो ब्यारेक यतिखेर प्रयोगविहीन भएको छ यो ब्यारेकमा स्थानीय हिमालय महालक्ष्मी प्रालीले समेत व्यवस्था गर्दै प्रयोगविहीन बनाएको स्थानीयवासीहरू बचाउँछन्
नेपाली सेनाको निकै लगानी गरिएको यो ब्यारेकमा करिब ११ कट्ठा जग्गा ओगटेर भवन निर्माण शौचालय गोदामघर भान्साघर परेड कक्ष निर्माण गरिएको छ। खानेपानी जोडिएको छ तथा ब्यारेकसँगै ५० फिटको कालपत्र सडक जोडिएको छ।
नेपाली सेनाको ब्यारेक भूत बङ्गाला बन्दै गएपछि स्थानीय बासीहरुले यो ब्यारेकमा प्रहरी चौकी बनाउन माग गर्न थालेका छन्। स्थानीय दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारी दमकको दक्षिण भेगको सुरक्षा मा निकै चुनौती थपिएकोले यस्ता जमिनलाई प्रहरी चौकी वा सुरक्षा निकायको रुपमा प्रयोग गर्न सके राम्रो हुने बताउनुहुन्छ।।
दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराई। आफ्नो वार्ड पछिल्लो समय घना बस्ती र सहरीकरणसँगै सुरक्षा संवेदनशीलता समेत थपिएको हुँदा खाली जमिन भेटिए सुरक्षा का लागि प्रहरी चौकीको भवन बनाउन पहल गर्ने तर कति जमिन नभेटिएको बताउनुहुन्छ।
तर नेपाल खेलकुद महासंघका कोशिका अध्यक्ष राजकुमार थापा दमकमा पछिल्लो समय खेलकुदका लागि जमिन अभाव भएकोले यो ब्यारेकमा खेलका गतिविधिहरु बनाउनु उपयुक्त भएको बताउनुभएको छ। यो सम्पत्ति मा नेपाली सेनाको लगानी छ। तर पछिल्लो समय दमकमा सुरक्षाका विषयमा गम्भीर भएर यो ब्यारेकलाई प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीहरूको माग छ। आर्मी क्याम्प भएको जमिन को विषयमा हिमालय महालक्ष्मी प्रालिका व्यवस्थापक श्यामूल सुब्बाले यो जमिन को बारेमा आफूलाई केही थाहा नभएको र यो ब्यारेक राज्यको भएको हुँदा आफुले चिया बगान मात्रै हेर्ने बताउनुभएको छ।
आफूले हिमालय महालक्ष्मी प्रालीको चियाबगान र अन्य काम मात्रै हेर्ने भएकोले आर्मी क्याम्प दरबार या अन्य निकाय राज्यको भएको ले हिमालय महालक्ष्मी यो विषयमा नबोल्ने पूर्व खबरलाई बचाउनुभयो।।
यो आर्मी ब्यारेक १८० फिट लम्बाई तथा ६० फिट चौडाइको ब्यारेक निर्माण गरिएको छ भने साथमा एउटा भान्सा कोठा एउटा शौचालय भवन खानेपानी खेलमैदान लगायत सबै कुराको सुविधा सम्पन्न भवन तयार भएको अत्याधुनिक ब्यारेक हो।।

यो ब्यारेकलाई स्थानीय बासीको राय अनुसार प्रहरी चौकी वा खेलकुद को कबर्ड हल बनाउन उपयुक्त देखिन्छ। हिमालय महालक्ष्मी प्राली ले आफ्नो सीमा भन्दै प्रयोगमा ल्याउन खोजेको यो सेनाको ब्यारेकलाई नेपाल सरकारले नेपाल प्रहरी वा सेनाकी ब्यारेकको रूपमा प्रयोग गर्नु उपयुक्त देखिन्छ।
हिमालय महालक्ष्मी प्राली दमकमा स्थापना गरिएको तर करोडौँ कर नतिरेको कम्पनी प्राली हो। यो चिया बगानलाई करको दारामा ल्याउन नसक्नु दमक नगरपालिकाको समेत कमजोरी देखिन्छ। अबको दिनमा स्थानीय बासीहरूले यस्ता राज्यका सम्पत्तिहरूलाई खोजी गर्नु र राज्यप्रति जिम्मेवारी बन्नु पहिलो कर्तव्य देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार