विर्तामोडका मेनपावरमा छापा मारेपछि

0
SHARES
63
VIEWS

राजकुमार ओली
बिर्तामोड
झापा श्रम कार्यालय विराटनगरले झापाका मेनपावरहरूमा छापा मारेको छ।
सोमबार बिर्तामोड का करिब दुई दर्जन मेनपावरमा श्रम कार्यालयले छापा मारेको हो। मेनपावरमा छापा मारेसँगै केही मेनपावरमा अवैध कारोबार भएको पाइएको केहीमा दर्ता प्रक्रिया नपुगेको र केही मेनपावर अवैधानिक किसिमबाट खोलिएको पाइएको भेटिएको छ।
बिना दर्ताका मेनपावरलाई श्रम कार्यालयले सिल गरी कानुनमा आउन र गैरकानुनी काम नगर्न समेत सचेतगराएको छ।
बिर्तामोडमा लामो समयदेखि मेनपावर सम्बन्धी काम गरिरहेका केही मेनपावरमा समेत कानुनी कागज नभएको पाइएपछि उनीहरुलाई श्रम कार्यालय हाजिर हुनेगरी कारबाही गरिएको छ भने तीनवटा मेनपावरलाई सिल हान्ने काम गरेको श्रम कार्यालयले बताएको छ।

आफूलाई कुनै कानुनी आइडिया नभए पनि पार्टनरले फसाएको र आफ्नो सिल भएको मेनपावरका कागजपत्रहरू बोकेर श्रम कार्यालय विराटनगर बोलाइएको र आफू पीडित भएको म्यानपावर व्यवसायी रमेश भुजेलले बताउनुभएको छ
आफूलाई आफ्नै पार्टनरले धोका दिएको र भोलिको दिनमा यस्ता कमजोरी बाट बस्न पनि सहज भएको बताउँदै भुजेलले आफूलाई अन्याय भएको बताउनुभएको हो।

पछिल्लो समय मेनपावर सम्बन्धी ऐन मा परिवर्तन गरिएपछि मेनपावर व्यवसायी सङ्घ झापाले आफूहरूलाई अन्याय भएको र पछिल्लो ऐन ले आफूहरूको काममा बाधा भएको झापा अध्यक्ष धनबहादुर पन्धाक ले जानकारी दिनुभएको छ।
आफूहरूले लामो समयदेखि यही पेशाबाट नेपाल सरकारलाई सहयोग गरिरहेको भएपनि सरकारले आफूहरूको समस्यामा ध्यान नदिएको मेनपावर व्यवसाय संघ झापाका पूर्व अध्यक्ष भानु सिवाकोटीले जानकारी दिनुभएको छ हाल झापाको बिर्तामोड र दमकमा मात्रै १सय भन्दा धेरै मेनपावरका शाखा र केन्द्रीय कार्यालयहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार