कोशि प्रदेशमा कृषि व्यवसाय को सम्भावना को खोजि शुरु

0
SHARES
6
VIEWS

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश को आयोजना र नेपाल कृषि बजार विकास कार्यक्रम सहज काे सहकार्यमा कृषि व्यवसाय प्रवर्द्धनका लागि लगानी संवाद कार्यक्रम सम्पन्न भएको छ्। कृषि क्षेत्रको व्यवसायीकरण अघि बढाउने उद्देश्य ले आयोजना गरिएको उक्त कार्यक्रममा लगानी प्राधिकरण बोर्ड कोशी प्रदेशका कार्यकारी निर्देशक डा. सरोज कोइराला , नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रीय सदस्य डा. अविनाश बोहोरा, उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश का वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेल ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, रोङ गाउँपालिका प्रमुख सुबास स्याङबो , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संगौलाले टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा कृषि व्यवसाय प्रवर्द्धन र लगानी ,कृषि व्यवसाय प्रवर्द्धनका चनौतिहरू, कोशी प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धनमा भएका प्रयासहरु बारे उद्योगी व्यवसायी र स्थानीय तहका प्रमुखहरु बिचमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार