चेम्वर अफ कमर्ससंग भगिनी सम्बन्ध स्थापित गर्दै व्यवसाय चलायमान बनाउने– थापा

0
SHARES
4
VIEWS

झापा । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि लोकतान्त्रिक व्यवसायी समूहका तर्फबाट उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन् विशाल थापा । विगत लामो समयदेखि बिर्तामोडमा रहेर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनी व्यवसायीको हितमा काम गर्ने जुझारु युवाका रुपमा आफूलाई स्थापित गराएका छन् ।
प्रकाश शिवाकोटीले नेतृत्व गरेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा समेत उनी सबैभन्दा बढी मत ल्याएर निर्बचित बनेका थिए । सालिन र सरल स्वभावका उनी साधा जीवन उच्च विचार राख्ने युवामा पर्छन् । राजनीति नगरौं, गर्नै परे समाजमा सधंै सक्रिय रहनु पर्छ भन्ने मान्यता राख्ने उनी यस पटकको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पदको उम्मेद्वार बनेका छन् ।
२०६३ सालदेखि कपडाको व्यवसाय शुरु गरेका उनले हालसम्म त्यसैलाई निरन्तरता दिँदै ‘दुलहन इन्पेक्स’ सञ्चालन गरिरहेका छन् । मेची अञ्चलका लागि २०७१ सालदेखि उनले मदिराको आधिकारिक डिलर सञ्चालन गरे । व्यवसायमा निक्कै दख्खल राख्ने उनी उपभोक्ता जागरण अभियानको जिल्ला सचिव समेत रहेका छन् ।
विभिन्न संघ संस्थामा आवद्ध उनी नेपाल जेजीसको राष्ट्रिय उपाध्यक्ष समेत बने । वीरता जेसीजमा सन् २००९ मा सदस्य हुँदै विभिन्न पदमा रहेर थुप्रै मानवीय सेवाका काम गर्न सफल उनी १०१९ मा वीरता जेसीजको अध्यक्ष बन्न सफल भए । त्यस लगत्रै उनी २०२० मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत बनेका थिए ।
प्रश्ट विचार राख्ने उनी रहेक ठाउँमा आफूले पाएको जिम्वेवारी वहन गर्ने क्रममा सधैं सचेत रहन्छन् । विवाद रहित नेतृत्व गर्नु पर्छ भन्ने मान्यता राख्ने उनी बिर्तामोड उद्योग वाणिज्य संघलाई चलायमान बनाउने भिजन लिएर आएका छन् ।
व्यवसायीको वृहत्तर हितमा काम गर्नु पर्छ भन्ने साझा धारणा बोकेका उनी अहिले निर्वाचनका लागि व्यवसायी मतदाता कहाँ घर दैलोमा छन् । आम व्यवसायीले दिएका सुझाव सहित उनी अहिले निर्वाचनको तयारी गरिरहेका छन् ।
असन्तुलित उद्योग वाणिज्य संघ र स्थानीय सरकार बीचको समस्या समाधानका लागि आफ्नो पहिलो भूमिका रहने उनको भनाई छ । योसंगै बिर्तामोडलाई औद्योगित क्षेत्र घोषणाका लागि पहल गर्ने र अन्तराष्ट्रिय चेम्वर अफ कमर्ससंग भगिनी सम्बन्ध स्थापित गर्नै बिर्तामोडका ब्यवसायीलाई अन्तराष्ट्रिय बजारसंग सोझो सम्बन्ध स्थापित गराउने उनको महत्वकांक्षी योजना रहेको छ । जसका कारण बिर्तामोडका व्यवयीको व्यवसाय प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा उनको छ ।
राज्यले उद्योगी व्यवसायीलाई अहिले पनि सम्मान जनक नजरले नहेरिरहेको बताउँदै आएका उनले स्थानीय सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन् । त्यसका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । पछिल्लो समय व्यवसाय जीर्ण बन्दै गएको र त्यसलाई चलायमान बनाउन आफू र आफ्नो लोकतान्त्रिक व्यवसायी समूह लागि गर्ने थापाको भनाई छ । उनले व्यवसायी राजु न्यौपाने नेतृत्वको सिङ्गो टिमलाई निर्वाचित गराउन आम उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार