निर्वाचन नजिकिएसंगै जीनकुमार खड्काको चर्चा

0
SHARES
10
VIEWS

ब्यवसायिक क्षेत्रमा अब्बल ठानिएका जीनकुमार खड्काले आसन्न फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य समेत रहेका खड्काले लोकतान्त्रिक ब्यवसायीक प्यालको तर्फबाट उम्मेवारी दिएका हुन् । निर्वाचन नजिकिएसंगै उनको चर्चा पनि बढ्न थालेको छ ।
स्वास्थ्य क्षेत्रमा अतुलनिय योग्दान पु¥याएका खड्का औषधि ब्यवसायी संघ झापाका अध्यक्ष हुन् । खड्कालाई विजयी गराउन सबै क्षेत्रका ब्यवसायी एक मत भएर लागेको पाइएको छ । चुनावी अभियानमा भोट माग्दै हिडेका खड्कालाई स्वास्थ्य क्षेत्रका अगुवाहरु पनि साथ रहेको बताइएको छ ।

वि.सं. २०३८ साल वैशाख १४ जन्मिएका खड्का लामो समयदेखि बिर्तामोड क्षेत्रमा औषधि ब्यवसायीको रुपमा परिचित रहेका छन् । कोरोना कहरको समयमा बिर्तामोडसहित विभिन्न क्षेत्रका विरामीहरुलाई औषधि पु¥याएर ठूलो सहयोग गरेको भन्दै उनलाई मतदान गरेर विजयी गराउन मतदाता उत्साहित बनेको पाइएको छ । औषधिको थोक ब्यवसाय २०५५ सालबाट गर्दै आएका खड्का हिमालयन मेडिसेन, त्रिशुल र्फामा, त्रिवेणी फर्मा सञ्चालन गर्दै आएका छन् ।
ब्यवसायसंगै सामाजिक संघ–संस्थामा पनि उनको सक्रिया उत्तिकै रहेको छ । जेसीजमा सन् १९९८ बाट आवद्ध भएका खड्का सन् २०१७ मा वीरता जेसीजको महासचिव र सिनेटर बनेका थिए । लायन्स क्लब अध्यक्ष सन् २०१९ र जोन चेयर पर्सनको समेत जिम्मेवारी सम्हालेका थिए । वीर अम्बरसिंह माविको विद्यालय ब्यवस्थापन सदस्यको समेत जिम्मेवारी सम्हालिरहेका खड्का ब्यवसायसंगै सामाजिक काममा पनि सक्रिय रहेको पाइएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका आसन्न निर्वाचनमा राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक ब्यवसायीक प्यालनबाट उम्मेवारी दिएका खड्काले हरेक ब्यवसायीको मुद्धालाई कडा रुपमा उठाउने बताए । उनले आर्थिक मन्दिका कारण धेरै ब्यवसायीहरु पलायन बन्नु परेको स्थितीलाई रोक्नका लागि भए पनि आफुहरुले जित्नुको विकल्प नभएको उल्लेख गरे । स्थानीय सरकार र वाणिज्य संघ पनि एउटै प्यालन भएमा ब्यवसायीको मुद्धा ओझेलमा पर्ने भएकाले पनि यस पटक आफुहरुmे जित्नुपर्ने खड्काको भनाई छ ।
आफुहरुले जितेमा ब्यवसायीका हरेक समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले मतदातालाई अनावश्यक पर्चाबाजीको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार