व्यवसायीक हकहित र अधिकार स्थापित गर्न मेरो उम्मेद्वारी ः राधिका

0
SHARES
3
VIEWS

महिलाहरुको सहभागिता र सक्रियताको इतिहास लामो छैन ।
घर, व्यवहार, पारिवारिक जिम्मेवारी नै महत्वपूर्ण मानिएको महिलाहरुका लागि यी सबै काम भ्याएर व्यापार, व्यवसाय र उद्यम गर्नु आफैंमा चुनौतिपूर्ण छ । त्यसका बाबजुद यी सबै जिम्मेवारीलाई सम्हालेर ब्यापार व्यवसायमा संलग्नता त्यसको सफल सञ्चालन र व्यवसायीको जिम्मेवारीपूर्ण तरिकाले नेतृत्व गर्ने कुरा समय व्यवस्थापनका हिसाबले निकै कठिन हुन्छ । त्यही कठिन यात्रामा यात्रारत छिन् राधिका चुडाल हुमागाँई ।
नेतृत्वमा जान खोज्नेको कमी हुँदैन । तर, नेतृत्व अनुसारको सार्थक जिम्मेवारी बहन गरेर अघि बढ्नु महत्वपूर्ण कुरा हो । पदिय जिम्मेवारी अनुसार व्यवसायीहरुलाई परेको समस्यामा उनी ढाल झंै उभिएर आफूलाई प्रमाणित गरिसकेकी छन् राधिकाले । सदस्य हुँदै सहकोषाध्यक्षसम्मको यात्रामा व्यवसायीले गरेको अपेक्षा पूरा गर्न सदा तत्पर रहेकी राधिका यही फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा जनसम्पर्क उपाध्यक्षको आकांक्षी छन् ।
व्यवसायीले विश्वासले दिएको मतको सम्मानपूर्वक जिम्मेवारी बहन गरेको र अब पनि मतदाताबाट त्यो माया प्राप्त गर्ने कुरामा ढुक्क रहेकी उनी भन्छिन् –‘विश्वास गर्नुभयो, व्यवसायीको विश्वासलाई काँही पनि धरासायी हुन दिएकी छैन ।
मेरो बुद्धि र विवेकले भ्याएसम्म व्यवसायिक हकहितमा लडेकी छु ।’ व्यवसायीको हकहितका लागि आवाज उठाउने क्रममा झेल्नु परेका याद स्मरण गर्दै उनले थपिन–‘साना व्यवसायीले बिजुली बाल्न पाउनुपर्छ, बत्ती बाल्न पाउनु पर्छ भन्दा कस्टडीमा पुग्नु पर्यो, आगलागी हुँदा धुँवाको मुस्लोसंगै क्षति कम गर्न सकेसम्म खटेकी छु, महिला उद्यमीको हकहितका कुरादेखि व्यवसायीका कर समस्याका बारेमा सदा अग्रभागमा उभिएर आवाज उठाउँदै आएकी छु ।’ उनले भनिन्–‘ ६ वर्षसम्मको बाणिज्य संघको यात्रामा हामीले शुरुवात गरेका केही अधुरा काम छन् यो पटक ति अधुरा कामलाई पूर्ण गर्ने अवसर दिनुहुन्छ व्यवसायीले भन्ने आशा र विश्वासमा छु ।’
विश्वब्यापी कोभिड संक्रमणका कारण लामो समय व्यापार व्यवसाय ठप्प भयो । व्यवसायीले कर तिर्न सकेका छैन । यद्यपी सरकारले गरेको कर बृद्धिले व्यवसायी अप्ठ्यारो अवस्थामा छन् । यो बेला सरकारसंग करका सम्बन्धमा समन्वय गर्दै व्यवसाय र व्यवसायीलाई बचाउनु पर्नेछ, केही व्यापारीहरु विस्थापित भएका छन् उनीहरुको सरकारसंगकै समन्वयमा उचित व्यवस्थापनमा प्रतिवद्ध रहेको राधिकाको भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार