होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा

0
SHARES
208
VIEWS

झापाको काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा भएको छ । उच्च अदालत बिराटनगरले फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले अदालतको आदेशको अवज्ञा गर्दै उक्त होटल नियन्त्रणमा लिनु भएको छ । स्रोतका अनुसार घरधनीलाई मेचीनगर नगरपालिकाको न्यायिक समितिले चावी दिएर होटल चलाउन भनेको हो ।

अदालतको आदेशलाई न्यायिक समिति समेतले उल्लघंन गरेको पाइएको छ । मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलले समाधान दिन नसकेपछि होटल सञ्चालक देवीभक्त श्रेष्ठ न्याय माग्दै उच्च अदालत जानु भएको थियो । घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यान्वयनका विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।


विवाद साम्य पार्न नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको मध्यस्थता समिति गठन गरेको थियो । सो समितिले प्रतिवेदन नबुझाउँदासम्मका लागि होटल बन्द गरेर ताला लगाउँदै आएको थियो । समितिले प्रतिवेदनसहित होटलको चाबी नगरपालिकामा बुझाएको र नगरपालिकाले होटल चलाउँदै गर्नु भनी घरधनीलाई चाबी बुझाएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनु भयो । नगरपालिकाले छलफलमा बोलाउँदा होटल व्यवशायी देविभक्त श्रेष्ठ उपस्थीत नभएकाले न्यायिक समितिले होटल चलाउँदै गर्नु भनेर चाबी दिए पछि होटल सञ्चालनमा ल्याएको घरधनीका श्रीमान जितेन्द्र बहादुर दाहालले बताउनु भयो ।

यता, होटल व्यवसायी देवीभक्त श्रेष्ठले अदालतको आदेश अवज्ञा भएको जनाउँदै त्यसविरुद्ध थप कानूनी उपचारमा जाने बताउनु भएको छ । अदालतले अन्तरिम आदेश आएपछि होटल सञ्चालनको वातावरण बनाइपाउँ भनी आफुले जिल्ला प्रशासन कार्यालय गएको र त्यहाँबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय काकरभिट्टासम्म चिठी पुग्दा समेत अदालतको आदेश कार्यान्वयनको कुनै पहल नभएको उहाँले बताउनुभयो ।

बिगतमा विभिन्न समूहबाट हुलहुज्जत र आक्रमण समेत भएको हुँदा शान्ति सुरक्षाको वातावरण नबनेसम्म होटलमा जान सक्ने स्थिति नभएको जनाउँदै उहाँले नगरपालिका र उद्योग वाणिज्य संघलाई अदालतको निर्णयको सम्मान गर्न आग्रह गर्नुभयो ।

यस्तो थियो अदालतको अन्तरिम आदेश

उच्च अदालत बिराटनगरले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन फागनु ६ गते अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतका न्यायाधीश किरण पौडेलले उक्त आदेश जारी गर्नु भएको आदेशमा भनिएको छ,‘निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुन किन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत सलग्न राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र आफु वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु साथै अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा दुवै पक्षका बीचको छलफल सुनी अन्तरिम आदेश जारी गर्ने नगर्ने बिषयमा निष्कर्षमा पुग्नु उपर्युक्त देखिँदा मिति २०८०/११/१३ को पेशी तोकी बिपक्षी समेतलाई सोको जानकारी लिई नियमानूसा पेश गर्नु । साथै अन्तरिम आदेश सम्बन्धी छलफल नहुन्जेलसम्मका लागि निवेदकलाई होटल व्यवशाय गर्न दिनु भनी विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठ दाहालको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो ।

सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले होटलमा तालाबन्दी गरेको थियो । सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठलाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो ।setopatrabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार