‘पत्रकार उपचार कोष’मा एक करोड-साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमाrasasa bata

0
SHARES
28
VIEWS

नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशी एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

‘पत्रकार उपचार कोष’मा एक करोड
नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।

महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार समाचार संकलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

‘अधिकांश पत्रकार कमजोर आर्थिक पृष्ठभूमिबाट यो पेसामा आएका हुन्छन्’, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले भने, ‘पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको थियौँ ।’ उनका अनुसार जिल्लामा हाल दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् ।

दैनिक, साप्ताहिक र वार्षिक पत्रिका प्रकाशित भइरहेका छन् भने टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन् । कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ । कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारको उपचारमा खर्च हुँदै आएको कोषले जनाएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ ।rasasa bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार