विर्तामोडको होटलको काउन्टरबाट ठुलो परिणाममा लागूऔषध पक्राउ– निगरानी कडाइ बनाउदै प्रहरी

0
SHARES
16
VIEWS

बिर्तामोड बसपार्कमा ठूलो मात्रामा लागूऔषधसहित एक होटल कामदार पक्राउ परेका छन् ।

साेमबार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो । Tramaco–50 mg ३७५० ट्याब्लेट, Spasan लेखिएको ३,७४३ ट्याब्लेट, PREGSTAR–75 लेखिएको २७७ ट्याब्लेट, GABIX–75 लेखिएको ३०० ट्याब्लेट, VOMINE–25 लेखिएको १२८ ट्याब्लेट, ANTIKOF लेखिएको ११३ ट्याब्लेट , नेपाली नगद रु.४,६३५ र एक थान कैची बरामद भएको थियो ।

ती प्रतिबन्धित औषधीसहित मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ वर्षीय सगुन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि पनि बिर्तामोड बसपार्कका होटलबाट लागूऔषधसहित धेरैजना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार