झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा भेटिएको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ वन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ । यसबारेमा वनले अनुसन्धान थालिसकेको छ ।’

‘पोस्टमार्टम गर्दा तीनवटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ । गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन । हात्तीको हड्डी निक्कै कडा हुन्छ । त्यसैले गोली निकाल्न समस्या भयो,’ वन प्रमुख राईले भने, ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो ।’

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ । अरू भाग पोस्टमार्टम गरी निकालेका छौँ । पुच्छरको रौँ पनि तानेर लगेको उनको भनाइ छ ।
स्थानीयका अनुसार बैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो । यो घटना त्यही दिनको हुनसक्ने अनुमान गरिएको उनले बताए । हात्तीको पोस्टमार्टम गरी आजै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए ।
‘जिल्लामा यस्तो घटना अहिलेसम्म भएको थिएन । यो पहिलो घटना पनि हो,’ उनले भनेjhapatodayhimal

Leave a Reply

Your email address will not be published. Required fields are marked *